२०८२ असोज २९ नेपाल । नेपाल राष्ट्र बैंकले ४ दिनको लागीए ३५ अर्ब निक्षेप खिच्ने भएको छ् । बोलकबोल तथा निष्काशनको लागि सूचना प्रकाशित गरेको छ ।

´निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ। वहुव्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ` । ´निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्` ।

´निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत् जम्मा गर्न चाहेको रकम र व्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ`। ´निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम व्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफांड गरिनेछ` ।´समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा Pro-rata Basis मा बाँडफाँड गरिनेछ` ।´आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोवार सञ्चालन समितिलाई रहनेछ` ।´स्वीकृत भएका बोलपत्र वापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको यस बैंकमा रहेको खाता खर्च गरी लिनेछ र बैंकमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ`।

´वोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा सो उपकरण निष्काशन गरिने दिनमा मौज्दात पर्याप्त नभएमा त्यस्ता काउण्टरपार्टीलाई कालोसूचीमा राखी पछिल्ला बोलकबोलमा सहभागी हुन बन्देज लगाइनेछ` ।
´ निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित व्याज सहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंक स्थित खातामा जम्मा गरिनेछ` ।
´निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी Portfolio हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन। तर, यस बैंकको निर्देशन बमोजिम कायम राख्नु पर्ने SLR तथा Liquidity Ratio मा गणना गर्न पाइनेछ` ।`संकलित निक्षेप रकम भुक्तानी मिति अगावै सम्बन्धित बोलवालालाई फिर्ता भुक्तानी वा Pre-mature भुक्तानी हुने छैन । विस्तृत जानकारीका लागि यस विभागको फोन नम्बर ०१-५७१९६५९, EXT NO: २८३४, २८३६ मा सम्पर्क गर्न सकिनेछ । नेपाली राष्ट्र बैंक द्वारा जारी सूचनामा भनिएको छ्` । (क्रान्ति)