२०८२ बैशाख ८ काठमाडौं । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले गरेको आन्दोलनका मुख्य मुख्य माग निम्न अनुसार रहेको छ:

१. राहत, करार र अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी

२. स्थायी हुँदा अस्थायीको सेवा अवधि जोड्ने, नहुनेलाई गोल्डेन हेन्डसेक

३. विद्यालय कर्मचारीको तह तोकेर शिक्षक सेवा आयोगबाट स्थायी गर्ने

४. बाल कोटाका शिक्षकलाई दरबन्दीमा परिणत गरी स्थायी प्रक्रिया थाल्ने

५. स्थायी शिक्षकको १० वर्षमा तहगत बढुवा, निजामती सरह तलब र ग्रेड

६. प्राविबाट निमावि हुँदै मावि शिक्षक बन्न आन्तरिक प्रतिस्पर्धामा कोटा

७. द्वन्द्वपीडित र शिक्षक नेताको टुटेको अवधि गणना गरी उपदान वा पेन्सन

८. निजी स्कुलका शिक्षकको तलब सामुदायिक सरह, सामाजिक सुरक्षा कोष

९. प्रधानाध्यापकको छुट्टै दरबन्दी, स्थायी शिक्षकबीच प्रतिस्पर्धाबाट नियुक्ति

१०. शिक्षण काउन्सिल स्थापना, राज्यको मर्यादाक्रममा शिक्षकको पनि तोक्ने

११. शिक्षक नियुक्ति, सरुवा, कासमु, कारबाहीको अधिकार स्थानीय तहलाई नदिने

१२. सबै तहका सरकारको शैक्षिक प्रशासनका पदहरूमा शिक्षण पेसाबाट लैजाने

प्रस्तावित विद्यालय शिक्षा विधेयकमा छुट्न नहुने मूलभूत विषय:

क) नेपालको संविधान अनुसारको निःशुल्क र

समावेशी शिक्षाको सुनिश्चितता,

ख) नेपाल सरकारसँग विगतमा पटक-पटक गरेका सहमतिहरूको कार्यान्वयनमा सुनिश्चितता,

ग) गुणस्तरीय शिक्षाका लागि शिक्षामा पर्याप्त लगानीको सुनिश्चितता,

घ) स्थानीय तहमा पेशागत हक, अधिकार र शिक्षकको संरक्षण,

ङ) संविधानसम्मत ट्रेड युनियन अधिकारहरूको प्रत्याभूति,

च) निजी विद्यालय र सामुदायिक विद्यालयका निजी शिक्षकहरूको सार्वजनिक विद्यालय सरह सेवा सुविधाको सुनिश्चितता,

छ) शिक्षा ऐन लागू हुनुभन्दा पहिला नियुक्त शिक्षकहरूको पेन्सन साबिककै नियम अनुसारको व्यवस्था गर्ने,

ज) विद्यालय शिक्षालाई तिनै तहको सरकारको साझा दायित्वभित्र राखिनुपर्ने,

झ) विद्यालय भित्र कार्यरत सबै प्रकृतिका (राहत अनुदान शिक्षक, बाविके शिक्षक, विद्यालय कर्मचारी, साविक उमावि, प्राविधिक धार शिक्षक, करार शिक्षक, संघीय र प्रदेश अनुदान शिक्षक आदि) पेसाकर्मीहरूको पूर्ण संरक्षण,

ञ) नेपाल शिक्षक महासंघलाई शिक्षा ऐनमा नेपालका प्रचलित श्रम कानुनहरूले दिएका ट्रेड युनियन अधिकार उपयोग गर्न पाउने व्यवस्था प्रस्तावित शिक्षा ऐनमा नै व्यवस्था गर्ने।