२०८१ चैत्र १७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज २९.८२ विन्दुले बढेर २६९३.१२ अंकमा कायम भएको छ । ७ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । केहि कम्पनीको सेयर मुल्य सर्किट लेबलमा कारोबार भएको छ ।
बढेको बेला सेयर बेचेर नाफा बुक गर्ने सेयर कारोवारी पुन सस्तोमा सेयर किन्न बजार प्रवेश गरेका छन् । यस अघि बजार लगातार साढे दुई हप्ता घटेको थियो। सेयर बजार नेप्से ३२ सय आसपास पुगेर घट्न थालेको ३ बर्ष बितिसकेको छ। ३२ सय नेप्सेमा किनेर आजसम्म नबेची होल्ड गर्नेको सेयर सम्पती बैंकमा डिपोजिट गरेर करिब ३ बर्ष सम्म आउने व्याजदर सग तुलना गर्ने हो भने सेयर सम्पती ७० प्रतिशत आसपास नोक्सानी भएको देखिन्छ। सेयर बजार नेप्से घट्ने बढ्ने सामान्य चक्र हो।