२०८१ चैत्र १७ काठमाडौं ।चैत्र १५ गते तिनकुने कोटेश्वर एरियामा राजावादीले गरेको प्रदर्शनको क्रममा तिनकुने कोटेश्वर एरियामा घटेको घटना राजावादीले गराएको नेकपा एमाले पार्टीले प्रेस विग्यप्ति निकालेर स्पष्ट पारेको छ् । नेकपा एमालेका नेत्ता शंकर पोख्रेल द्वारा हस्ताक्षर गरि सार्वजनिक भएको प्रेस विग्यप्तिमा भनिएको छ् :
´आज पूर्व राजाबादीहरुको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिसाको नेकपा (एमाले) घोर भत्र्सना गर्दछ । शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई विचोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन् ।
नेकपा (एमाले) लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दछ । सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पञ्चगमनका दुष्प्रयासका विरुद्ध गोलवन्द हुन आल्यान गर्दछ । आजका आपराधिक क्रियाकलापमा सहलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ` ।