२०८१ चैत्र १७ काठमाडौं ।नेपाल सरकार गृह मन्त्रालयले भोलि चैत्र १८ गते इस्लाम धर्मावलम्बीहरुको पर्व ईदको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको आज सूचना जारी गरेको छ् । सार्वजनिक सूचनामा भनिएको छ् :´मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल चैत्र १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ`।

← Back

Thank you for your response. ✨