२०८१ चैत्र १४ काठमाडौं । सेयर बजार नेप्से सूचक ४१.४३ विन्दुले बढेर २६६३.३० अंकमा पुगेको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सामान्यतया सबै समूहका सूचक र सेयर मुल्य बढेका छन् । केही कम्पनीमा सर्किट लेवलमा कारोवार भएको छ् ।
सेयर बजार लगातार साढे दुई हप्ता सम्म घटेर सम्हालिएको छ् । बढेको बेला बेच्ने सेयर कारोबारीहरुले पुन सेयर किन्न थालेको अनुमान गर्न सकिन्छ । सेयर बजार नेप्से ३२सय पुगेर घटेको ३ बर्ष भन्दा धेरै भैईसकेको छ् । ३२ सय नेप्सेमा किनेर आज सम्म नबेची बस्नेको सेयर मुल्यलाई बैंक ब्याजदर सग तुलना गर्ने हो भने सावाँ ब्याज सहित जोडदा ७० प्रतिशत भन्दा धेरै घाटा रहेको देखिन्छ । सेयर बजार नेप्से घट्ने बढ्ने बिश्वभर चलेको सामान्य चक्र हो।