२०८१ चैत्र ७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज १२.३८ विन्दुले घटेर २६६९.७६ अंकमा कायम हुन आएको छ । ४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिनको भन्दा कारोबार रकम पनि घटेको छ् ।
लगानीकर्ता यतिबेला ‘पर्ख र हेर’ को रणनीतिमा रहेको जस्तो देखिन्छन् । अघिल्लो साता देखि बजार निरन्तर घट्दोक्रममै रहेको छ ।
बजार अघिल्लो हप्ता देखि दैनिक लगातार तल झरेको छ् । बढेको बेला नाफा बुक गर्नेहरुले सेलर प्रेस दिएपछि नेप्से तल झरेको हो। लगानीकर्ताको आत्मबल कमजोर हुँदै गएको देखिन्छ । सेयर बजार नेप्से घट्ने बढ्ने बिश्वभर हुने सामान्य चक्र भएकोले लगानीकर्ता घट्दा आत्तिनु पर्दैन भन्छन् अनुभवी लगानीकर्ता।