२०८१ चैत्र ६ काठमाडौं । सेयर बजार नेप्से सूचक १४.८८ विन्दुले घटेर २६८२.१५ अंकमा कायम भएको छ । ५ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । हिजो र आजको तुलनामा सेयर कारोबार रकम समान्य रुपले घट्बाढ भएको छ् ।

बजार अघिल्लो हप्ता देखि दैनिक लगातार तल झरेको छ् । बढेको बेला नाफा बुक गर्न सेलर प्रेस बढेपछि नेप्से तल झरेको हो। लगानीकर्ताको आत्मबल कमजोर हुँदै गएको देखिन्छ । सेयर बजार नेप्से घट्ने बढ्ने बिश्वभर हुने सामान्य चक्र भएकोले लगानीकर्ता घट्दा आत्तिनु पर्दैन भन्छन् अनुभवी लगानीकर्ता।