२०८१ चैत्र ४ काठमाडौँ ।नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापालाई नियुक्त गरेको हो । एआईजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख थिए ।
वसन्त कुँवरले आजै अवकाश भएपछि उनको ठाउँमा नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरिएको हो ।