२०८१ चैत्र ४ काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर आज सोमबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । आईजी कुँवरलाई आज सोमबार प्रहरी हेडक्वाटरले कुँवरको बिदाइ समेत गर्नेछ ।

विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधिका कारण उनी अवकाशमा जाने नियम रहेको छ । अब ३१ औं आईजीका ३ एआईजीहरु प्रतिस्पर्धामा छन् ।

जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ छन् ।

उनीहरू तीन जनामध्ये एक जनालाई सरकारले आईजीमा बढुवा गर्ने संभावना रहेको छ् ।