२०८१ चैत्र ३ काठमाडौं । सेयर बजार नेप्से सूचक २१.६३ विन्दुले घटेर २७१४.८५ अंकमा झरेको छ । ६ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सेयर कारोबार रकम अघिल्लो दिनको भन्दा घटेको छ।

नेप्से छोटो समयमै धेरै अकंले घटेको देखिन्छ । बजार किन घट्यो भन्ने आम लगानीकर्ताको जिज्ञासा चासो देखिएको छ । लगानीकर्ता भन्छन् अस्वभाविक रुपले घटेको छ् ।

सेयर सूचक फराकिलो अंकले घट्दा लगानीकर्ताले छोटो समयमै अर्वौ गुमाएका छन् । सेयर बजारमा प्यानिक सेलर पनि देखिएका छन् । सेलर प्रेसर धेरै र बायर कम हुँदा नेप्से घट्न सहयोग पुगेको देखिन्छ। बजार घट्नु बढ्नु सेयर बजारको सामान्य चक्र हो।