२०८१ फागुन २७ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ३२.२१ अंकले घटेर २७१९.२० अंकमा झरेको छ । ८ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बजारमा कारोबार रकम पनि कम भएको छ। अधिल्लो हप्ता बढेको बजार करिबकरिब अघिल्लै हप्ताको लेवलमा आईपुगेको छ।

बढेको बेला नाफा बुक गर्ने लगानीकर्ताले सेलरचाप बढाएपछि नेप्से घट्न पुगेको हो । अर्कोतिर सेयर बजारमा मिलेमतोमा कारोबार गर्दै नेप्से बढाउने अनि सेलर चाप बढाउने एउटै समुह विभिन्न आवरणमा सकृय रहेकात छैनन् भन्ने आसंखा पैदा भएको भएको छ । सेयर बजार नेप्से घट्ने बढ्ने बिश्वभर चलिआएको सामान्य चक्र हो।