२०८१ फागुन २६ काठमाडौं । सार्वजनिक बाटोमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिका द्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना गरेको पत्र फागुन २५ गते पठाएको छ । पत्रमा यस्तो लेखेको छ:
“श्री राष्ट्रिय प्रजातन्त्र पार्टी मुख्य कार्यालय धुम्बाराही, काठमाडौं ।
विषय : जरिवाना सम्बन्धमा ।
प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयवाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुवाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका विरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००/०० (अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ` ।