२०८१ फागुन २६ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका बाटो सडकमा फोहोर गरेको र बिरुवामा क्षति गरेको भन्दै काठमाडौ महानगरपालिकाले एक लाख जरिवाना तोकेर पत्र पठाएको थियो ।
उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई आजै बुझाएको बिल सार्वजनिक भएको छ।

संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएको समाचार सार्वजनिक भएको छ ।