२०८१ फागुन २५ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनको समर्थन र स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ढोकामा राजावादीहरु पुगेका थिए ।
विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकहरुलाई हात हल्लाउदै मुसुमुसु हास्दै अभिवादन गरेका छन् ।

पूर्वराजालाई स्वागत गर्न नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रर्साईं ठूलो संख्यमा आफ्ना समर्थक सहित विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका थिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायत राजाबादीहरु उनलाई स्वागत गर्न भेला एयरपोर्ट पुगेका थिए।

राजाबादीहरुले राजा आउ देश बचाउ, नारायणहिटी खाली गर, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, राजतन्त्र जिन्दावाद, हिन्दु राष्ट्र जिन्दावाद, गणतन्त्र खारेज गरौं, गणतन्त्र मुर्दावाद जस्ता नारा जूलूस समेत लगाएका थिए।

Go back

Your message has been sent

Warning
Warning
Warning
Warning

Warning.