२०८१ फागुन २५ काठमाडौं । एक हप्ता पहिले सेयर बेच्ने लाई बेचेकै मुल्यमा सेयर किन्ने अवसर सेयर बजारले दिएको छ । एक हप्ता पहिले सेयर बेच्नेहरु पुन आफुलेनै बेचेको मुल्यमा पुन किन्न पाईयो भनेर खुसी भएका छन् । आज सेयर बजार इण्डेक्स ४६.३३ अकंले घटेर इण्डेक्स २७७२.१०मा कायम भएको छ भने सेयर कारोबार रकम १० अर्व माथिको भएको छ ।

धेरै कम्पनीको सेयर भाउ घटेको छ भने केही कम्पनीको झिनो अकंले सेयर मुल्य बढेको पनि छ। सेयर बजारमा सेयर मुल्य र सेयर बजार इण्डेक्स घटबढ हुनु सामान्य चक्र हो। नेपालको सेयर बजार नेप्से ३२ सयबाट घट्न थालेको करिबकरिब ३ बर्ष पूरा भैईसकेको देखिन्छ। नेपालको सेयर बजार बाट ३२सय नेप्सेमा सेयर किनेर आज सम्म नबेची बस्नेको सेयर सम्पत्ति मुल्यांकन गर्ने हो भनि ७० प्रतिशतको आसपास नोक्सानी रहेको देखिन्छ। त्यो पैसा बैंकमा राखेको भए सावाँमा ब्याज जोडिएर आउथ्यो भन्छन् केही सेयर लगानीकर्ताहरु।

← Back

Thank you for your response. ✨