२०८१ फागुन २३ काठमाडौं ।महाकाली सन्धि नेपाल सरकार र भारत सरकार बीच महाकाली नदीको जलाधार विकास सम्बन्धी सम्झौता हो। बि.सं. ४ असोज २०५३ सालमा सन्धिमा हस्ताक्षर भएको थियो।

महाकाली नदी नेपालको पश्चिमी भागबाट उत्पन्न भई नेपाल र भारतको सिमानाबाट बग्ने एउटा नदी हो । यस नदीको उद्गम स्थान बृहत्तर हिमालयमा ३,६०० मिटरको उचाइमा स्थित लिम्पियाधुरा नामक स्थानमा छ, जो नेपालको दार्चुला जिल्लाको एक भाग हो । यस नदीको नाम काली माताको नामबाट भएको हो । लिम्पियाधुरा लिपुलेक दराका निकट भारत, नेपाल र तिब्बतको सीमामा स्थित छ। यस नदीको उपल्लो क्षेत्रमा नेपाल र भारतको सीमा बनाउँछ । भारतमा उत्तराखण्ड र उत्तर प्रदेशका मैदानी क्षेत्रहरूमा पुग्दा शारदा नदीका नामले चिनिन्छ ।
महाकाली नदीमा जौल्जिबी नामक स्थानमा गोरी नदी पनि मिल्दछ । यो स्थान एक वार्षिक उत्सवका लागि प्रख्यात छ । पछि गएर यो नदी, कर्नाली नदीसित मिल्दछ । बहराइच जिल्लाहरूमा पुगेपछि सरयु र त्यसपछि गंगा नदीमा मिल्न जान्छ। पञ्चेश्वर आसपासको भारतीय क्षेत्रलाई ‘काली कुमाँऊ’ भनिन्छ ।
पञ्चेश्वरमा सिंचाइ र जलविद्युत ऊर्जाका लागि नेपाल र भारतको संयुक्त परियोजनाका रूपमा बाँध बनाउन महाकाली सन्धि गरिएको छ । टनकपुरमा भने भारतले एकलौटी टनकपुर जलविद्युत परियोजना (१२० मेगावाट) अप्रिल १९९३ मा उत्तराखण्ड सिंचाइ विभागद्वारा सञ्चालन गरेको छ । यस अन्तर्गत टनकपुरमा ब्यारेज बनाइएको छ ।
महाकाली नदी गंगा नदी प्रणालीको एक भाग हो ।

भारत सग नेपालले महाकाली सन्धी सम्झौता गर्दा नेपालमा सकृय राजसंस्था थियो, राजतन्त्र थियो, कार्यकारी शक्ति राजामा थियो । तर त्यो बेलाको राजा चुपचाप बसे पाईन्छ। जवकी त्यो बेलाको राजाले आटेको भए सन्धि गर्ने राजनीतिक दलको नेत्तालाई जे पनि गर्न सक्ने शक्ति थियो। जेल हाल्न सक्ने शक्ति थियो तर त्यतिबेलाका राजा चुपचाप बसेको पाईन्छ।

← Back

Thank you for your response. ✨