२०८१ फागुन २२ काठमाडौं । नेपाली सेनाको आज मिति २०८१ फाल्गुण २२ गतेबाट नेपाली सैनिक वार कलेज, नगरकोटमा सि.सं.१३ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सुरु भएको छ । बलाध्यक्ष रथी श्री प्रदीप जंग के.सी.ले एक कार्यक्रमका बिच तालिमको शुभारम्भ गर्नु हुँदै तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरू (महिला-२ र पुरुष-३३) को सहभागिता रहेको यस तालिम सैनिक अधिकृतका लागि नेपालमा सञ्चालन हुने तालिमहरू मध्ये सबैभन्दा उच्चस्तरको तालिम हो । वि.सं. २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १३ जनासहित जम्मा ३४० जना अधिकृत प्रशिक्षित हुनु भएको नेपाली सेनाको समाचारमा उल्लेख रहेको छ।