२०८१ फागुन २१ काठमाडौं । नेपाली सेनाको २०८१ सालमा सञ्चालन हुने भूतपूर्व सम्मेलन-२०८१ सम्बन्धि सैनिक कल्याणकारी निर्देशनालयले सूचना जारी गरेको छ । सूचनामा के भनिएको छ ? :´यस वर्ष सञ्चालन हुने भूतपूर्व सम्मेलन-२०८१ सूदुर पश्चिम पृतना हे.क्वा. र उत्तर पश्चिम पृतना हे.क्वा. अन्तरगतका जिल्लाहरुमा बसोबास गरी सोही क्षेत्रको बैंकबाट पेन्सन बुझिरहेका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरूलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

दर्ता हुने मिति र स्थानः-

दर्ता प्रक्रिया फाल्गुण दोश्रो हप्ताबाट शुरु भएको । दर्ताको क्रममा तोकिएको/नजिकको युनिटबाट exarmy.nepalarmy.mil.np मा राखिएको अनलाईन वा दर्ता फाराम भर्नुपर्नेछ ।

• (क) हिताधिकारीहरुले पेन्सन बुझिरहेको जिल्लास्थित तैनाथ • रहेको सैनिक ब्यारेकहरु ।

(ख) कामको सिलसिलामा अन्यत्र जिल्लाहरुमा खट्टिएको अवस्थामा दर्ता प्रक्रिया प्रयोजनको लागि मात्र नजिकको हिताधिकारी कल्याण केन्द्रमा दोहोरो नपर्ने गरी अनुकुल स्थानहरुमा दर्ता गराउन सक्नेछ । तर, सम्मेलनको दिन • सम्मेलनमा सहभागिता जनाउन स्वयम् अनिवार्य रुपमा तोकिएको सम्मेलन केन्द्रमा उपस्थित हुनु पर्ने ।

सम्मेलनमा प्रदान गरिने सेवा तथा सुविधाहरुः

(क) सम्मेलनमा उपस्थित हुनेहरूलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था ।

(ख) मण्डी, पि क्याप/स्काफ वितरण ।

(ग) विभिन्न कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण ।

(घ) सर्वोत्कृष्ट र उत्कृष्ट लघु उद्यम व्यवसायीहरुलाई पुरस्कार वितरण ।

(ङ) जेष्ठ भू.पू. सैनिक तथा जेष्ठ एकल महिलालाई सम्मान ।

(च) आफ्ना ४ (चार) जना वा सो भन्दा बढी सन्तान (छोरा/छोरी)

हरुलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदर स्वरूप जीवित आमा/बाबु मध्ये १ (एक) जनालाई कदरपत्र तथा नगद पुरस्कार ।

(छ) बहालवाला तथा भू.पू. सैनिकका अशक्त आश्रितहरूलाई • व्हिल चियर तथा वैसाखी ।

(ज) कल्याणकारी निवृत्तिभरण पट्टा नविकरण (तोकिएको स्थानमा)

सम्मेलन हुने स्थान र मितिः-

(क) श्री सूदुर पश्चिम पृतना हे.क्वा., कैलाली मितिः २०८१/१२/०७ गते । धनगढी (कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने)

मुख्य केन्द्रः

उप केन्द्रः

दिपायल, डडेल्धुरा, अछाम, बैतडी, बझाङ्ग, बाजुरा र दार्चुला

(ख) श्री उत्तर पश्चिम पृतना हे.क्वा., सुर्खेत

मितिः २०८१/१२/०८ गते ।

मुख्य केन्द्रः

सुर्खेत

उप केन्द्रः

नेपालगञ्ज (बाँके र बर्दियामा बसोबास गर्ने) दैलेख, कालीकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला

दर्ताको लागि आवश्यक कागजातहरुः

(क) पेन्सन पट्टा तथा सोको प्रतिलिपि प्रति १ (एक) ।

(ख) पासपोर्ट साईजको फोटो प्रति १ (एक) ।

सम्मेलनमा सहभागी हुँदा ध्यान दिनु पर्ने कुराहरुः

(क) पेन्सन पट्टा सहित उपस्थित हुनु पर्ने ।

(ख) शारीरिक रूपमा अशक्तहरूले मात्र सम्मेलनमा सहयोगी ल्याउन सक्ने ।

(ग) कल्याणकारी निवृत्तिभरण पट्टा नविकरण गर्न आउंदा बैंक स्टेटमेण्ट, नागरिताको फोटोकपि, फोटो २ प्रति र सक्कल पट्टा ल्याउनुपर्नेछ ।

थप जानकारीको लागि टेलिफोन नं.०१-५९७९४२८ (श्री सैनिक कल्याणकारी निर्देशनालय), ०१-४५१२४०७ (नेपाली सेना कल्याणकारी बोर्ड). ०९१-५५०७८७ (श्री सुदूर पश्चिम पृतना हे.क्वा.) तथा ०८३-४१४०४५ (श्री उत्तर पश्चिम पृतना हे. क्वा.) मा सम्पर्क गर्न सकिनेछ`।

(क्रान्ति)