२०८१ फागुन २१ काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ २२ किलोग्राम सहित दुई जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ४० वर्षीय RAFEEQUE MADATHUMTHAZHA VAYALIL र ३४ वर्षीया RASMINA PAZHAYA KALLAROTH रहेका छन् ।
थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनीहरूलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा व्यागभित्र चकलेटको प्याकेटको फल्स बटम बनाई राखेको अवस्थामा RAFEEQUE को साथबाट १२ किलोग्राम र RASMINA PAZHAYA को साथबाट १० किलोग्राम उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको नेपाल प्रहरीको समाचारमा उल्लेख छ ।

(क्रान्ति)