२०८१ फागुन २० काठमाडौं। ठगी मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ सागबारी बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनि नागरिकता तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाण पत्र लगायतमा फरक परेको विवरण मिलाई दिन्छु भन्दै पीडितलाई विश्वास दिलाई रकम लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर सागबारीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी समाचारले जनाएको ।

← Back

Thank you for your response. ✨

(क्रान्ति)