२०८१ फागुन २० काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय छुट सुबिधा प्रबन्ध सम्बन्धी सूचना फागुन १९ गते एक सूचना जारी गर्दै लेखेको छ: ´नेपाल राजपत्र (भाग २, खण्ड ७४, अतिरिक्ताङ्क ४८) मा प्रकाशित आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत कम्पनी ऐन, २०६३ मा भएको संशोधन अनुरूप छुट/सुविधा सम्बन्धमा यस कार्यालयबाट मिति २०८१/१०/८ र २०८१/१०/३० मा प्रकाशित सूचनावाट व्यहोरा अवगत भएकै छ ।
उपर्युक्त सन्दर्भमा कानून बमोजिम बुझाउनुपर्ने विवरण, सूचना वा जानकारी अध्यादेश प्रारम्भ हुदाँका वखत कार्यालयमा बुझाउन वाँकी कम्पनीहरूले उक्त छुट सुविधा लिन इच्छुक भएमा कार्यालयको कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली मार्फत देहाय बमोजिम छुट सुविधा प्राप्त हुने प्रबन्ध मिलाईएको व्यहोरा मिति २०८१/११/१९ को निर्णयानुसार अनुरोध छ ।
१) बुझाउनु पर्ने विवरण, सूचना वा जानकारी अध्यादेश जारी मिति २०८१/९/२९ गते वा सो भन्दा पछाडि २०८२ असार मसान्तभित्र कार्यालयको अनलाइन प्रणालीमा बुझाइ सुविधा लिन ईच्छुक कम्पनीहरूलाई ढिला बुझाए बापत लाग्ने जरिवानामा नब्बे प्रतिशत छुट सुविधा प्राप्त हुनेछ ।
२) कम्पनी ऐनमा प्रत्येक वर्ष बुझाउनु पर्ने गरी तोकिएको विवरण प्रत्येक आर्थिक वर्षको अलग अलग बुझाउनु पर्नेछ, अन्यथा छुट निवेदन स्वीकार गरिने छैन ।
३) २०८१/९/२९ गतेभन्दा अगावै अनलाइन प्रणालीमा विवरण बुझाएका कम्पनीहरूका हकमा कम्पनीले पेश गर्दाका बखत प्रचलित कानून बमोजिम जरिवाना लाग्ने भएमा पूरा जरिवाना रकम तिर्नुपर्नेछ ।
४) छुट सुविधा लिनका लागि कार्यालयबाट मिति २०८१/१०/३० मा प्रकाशित सूचना बमोजिम कम्पनीका आधारभूत विवरण लगायत सूचनामा उल्लेखित सवै कार्यहरू सम्पन्न गरेको हुनुपर्नेछ ।
५) अध्यादेश द्वारा संशोधित दफा १३६ (क) बमोजिम दर्ता खारेजीको छुट सुविधा लिन पूरा गर्नुपर्ने प्रकृयाका सम्बन्धमा यथाशिघ्र अर्को सूचना जारी गरी थप स्पष्ट पारिनेछ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल सरकार रजिष्ट्रारको कार्यालय निप्रेश्वर, काठमाडौं” । (देवी प्रसाद सुवेदी) उपरजिष्ट्रार। (क्रान्ति)