२०८१ फागुन १९ काठमाडौं वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घर भई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका-५ कमदी घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने ५२ वर्षीय पशुपती खत्री रहेका छन् ।
पक्राउ मध्ये भूमिकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ११ लाख रूपैयाँ र पशुपतीले १ जना पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतीलाई काठमाडौं सतुंगलबाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित सात जना पक्राउ
कैलालीको धनगढी उपमहानगरपालिका-१२ घले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २८ वर्षीय किशोर जोशी, ३५ वर्षीय जगदिश राना र २८ वर्षीय भीमनाथ योगी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ २ किलो ५ सय ग्राम सहित धादिङ गजुरी नगरपालिका-४ बस्ने २६ बर्षीय राजन चेपाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले धादिङबाट वीरगंजतर्फ जाँदै गरेको प्र.०३-०३-००१ प ५२७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्राम सहित सोही नगरपालिका-१ पृथ्बीनगर बस्ने २९ वर्षीय प्रन्नयन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेची पुलबाट  खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेत बीरेन्द्रनगर नगरपालिका-२ ठउरी बस्ने २४ वर्षीय राम बहादुर नेपाली र बराहताल गाउँपालिका-२ रानीघाट बस्ने २१ वर्षीय रामचन्द्र थापा रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको भे.९ प ८७७० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २९ वर्षीय विराट ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-४ धोबीखोला करिडोरस्थित धनन्तरी मार्गमा मंगलबार राति काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएका ५० वर्षीय अडविर राईलाई लेनदेनको विषयमा ढुंगा प्रहरी गरी हत्या गरेको घटनामा फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ: ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने पाल्पा बगनासकाली गाउँपालिका-१ घर भएकी ३९ वर्षीया कल्पना गैरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा बिहीबार पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो ।
उनलाई ठगी तथा अपराधिक लाभ कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

भरूवा बन्दुक सहित पक्राउ: पाल्पाको तिनाउ गाउँपालिका-२ खुर्साने खहरे बस्ने ३८ वर्षीय जीवन बिकलाई १ थान भरूवा बन्दुक, छर्रा ३४ थान र बारूद सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा घर पछाडि झाडीमा लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ:
काठमाडौंको शंखरापुर नगरपालिका-३ बस्ने ४१ ज्ञान बहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ज्ञान बहादुर समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-५ धारीचौर बस्ने राधिका बेल्वासेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३७ वर्षीय तुल्सी रायमाझी समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले समाचार लेखेको छ ।

(क्रान्ति)