२०८१ फागुन १९ काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि Democratic Republic of Congo मा रहेको United Nations Organization Stabilization Mission in the Democratic Republic of Congo (MONUSCO) मिसनमा तैनाथ हुन जाने श्री चण्डीदल गण ३१ औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरुको छैठौ तथा अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिति २०८१ फाल्गुण १६ गते मिसन इलाका प्रस्थान गरेको छ ।

हाल MONUSCO मिसन कंगोमा नेपाली सेनाको एउटा गण, दुईवटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षक सहित १,१४९ जना शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेना श्रोतले जनाएको छ ।

(क्रान्ति)