२०८१ फागुन १५ काठमाडौं बैंक तथा वित्तीय संस्थाले एकै दिन ७० अर्ब भन्दा धेरै रकम राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत आइतबार फागुन १५ गते उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका समाचार छन । यसअघि पनि बैंकहरुले ६४ अर्ब अर्व धेरै रकम एसडीएफमा जम्मा गरेका समाचार आएका थिए ।
सो रकम परिपक्क भएपछि बैंकहरुले पुनः ७० अर्ब भन्दा धेरै रकम एसडीएफ जम्मा गरेका हुन ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुमा अधिक धेरै तरलता रहेको छ । बैंकहरुमा तरलता थुप्रिए पछि राष्ट्र बैंकले बारम्बार बोलकवोलबाट तरलता खिच्न सूचना जारी गर्दै आएको छ ।
नेपालमा कोरोना महामारी पछि नेपालमा तरलता बढ्न सुरु गरिएको लकडाउनपछि आज सम्म बैंक तथा वित्तीय संस्थाहरूले भने जस्तो नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जा प्रवाह हुन नसके पनि बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन हुने क्रम भने बढ्दो छ।
केन्द्रीय बैंकले तरलता खिच्ने बैैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिरहने बैंक तथा बितिय संस्थाले कर्जा प्रवाह गर्न खोजे पनि कर्जा लिनेहरू न्यून देखिएका छन्। बैंकमा निक्षेप बढेर बैंकहरुले ब्याजदर घटाएपनि ऋण माग्न आउने कम छन। (क्रान्ति)