२०८१ फागुन १ काठमाडौ । दाङ देउखुरीबाट काठमाडौमा आएका सयौंका संख्यामा किसानहरुले आज हातमा कुटो-कोदालो हलो-जुवा कृषि औजारका सामाग्री बोकेर भुमिपुत्रको हक सुनिश्चित गर, किसानलाई भुमीमाथीको हक अधिकार सुनिश्चित गर भन्दै काठमाडौको बबरमहल माईतिघरमा प्रदर्शन गर्दै कोणसभा गरेका छन ।
प्रदर्शनकारीले “विशेष प्रकृतिको निजि गुठि” स्वर्गद्वारी गुठि पीडित मोही किसान संघर्ष समिति दाङ देउखुरी लेखेको ब्यानरमा: विशेष प्रकृतिको निजि गुठि स्वर्गद्वारी आश्रमको मोही किसानको मोहीयानीहक प्रमाण-पत्र अनुसारको जग्गा प्राप्तिको कानून निर्माणका लागि दबावमूलक अनिश्चितकालिन धर्ना कार्यक्रम माइतिघर मण्डला, काठमाण्डौं लेखेको ब्यानर सहित नारा जूलूस गर्दै बिरोध प्रदर्शन गरेका छन। (क्रान्ति)
(लाईभ)