२०८१ फागुन १ काठमाडौ । २०५२ साल फागुन १ गते माओवादीले राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने लक्ष्य सहित सुरु गरेको १० वर्षे सशस्त्र आन्दोलनलाई माओवादी पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन् । २०५२ फागुन १ गते माओवादीले नेपालमा जनयुद्ध घोषणा गरेको थियो। सोही विद्रोह सुरु गरेको दिनको सम्झना स्वरुप माओवादीको आस्था बोकेकाहरुले ‘जनयुद्ध दिवस’ मनाउँदै आएका छन् ।

जनयुद्ध शब्दलाई नेपालका ठुला पार्टी नेत्ता र बौद्धिक समाजले स्वीकार गरेको पाईदैन। जनयुद्ध दिवसका अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विभिन्न कार्यक्रममा सहभागी हुने माओवादी श्रोतले जनाएको छ । माओवादीले नेपालमा सुरु गरेको ससस्त्र बिद्रोहमा माओवादी पक्षबाट र राज्य पक्षबाट १७ हजार भन्दा धेरै नेपाली जनताको ज्यान गएको थियो।

नेपालमा माओवादीले ससस्त्र बिद्रोह सुरु नगरेको भए यतिबेला नेपालमा राजतन्त्रको अन्त्य भए गणतन्त्र आउने थिएन । राजतन्त्र अन्त्य हुनमा माओवादीको पुर्ण हात नभएपनि धेरै योगदान पक्कै रहेको छ। (क्रान्ति)