२०८१ माघ २९ काठमाडौं । अदालतमा सेवा लिन आएका सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका कपिलवस्तु जिल्ला अदालतका कर्मचारी सन्तोषकुमार मिश्र र विकास पाण्डेलाई विशेष अदालतले दोषी ठहर गरेको समाचार छन् ।
विशेष अदालतले २० हजार रुपैंया घुस सहित सन्तोषकुमार मिश्रलाई दुई महिना कैद सजायको फैसला सुनाएको र विकास पाण्डेयलाई एक महिनाको कैद सजाय सुनाएको छ ।
विशेष अदालतको इजलासले उनीहरुले घुस मागेर लिएको ठहर गर्दै उनीहरुले लिएको २० हजार रुपैंया बरामद भएको, घुस मागेको भिडियो र अडियो समेत मुद्दाका साथमा पेश भएको भन्दै विशेष अदालतले उनीहरुलाई दस दस हजार रुपैंयाका दरले जरिवाना गर्ने आदेश गरेको छ ।

सन्तोष कुमार मिश्रले फैसला कार्यान्वयनका लागि आएका सेवाग्राहीको बण्डा मुचुल्का बदर गराउन घुस मागेका थिए । त्यसक्रममा अख्तियारको टोलीले स्रेस्तेदार मिश्र र बिकास पाण्डेयलाई घुस सहित पक्राउ गरेको समाचार सार्वजनिक भएको थियो । (क्रान्ति)