२०८१ माघ २८ काठमाडौ । आजभन्दा करिब ३ बर्ष पहिलेको ३२ सय नेप्सेमा सेयर किनेर आजको दिनसम्म सेयर नबेची होल्ड गर्ने सेयर लगानीकर्ताहरु खर्वौ नोक्सानी व्यहोर्न बाध्य भएको देखिन्छन् । बैंक ब्याजदर घट्दा र अनलाइन कारोबार सुरु भएपछि नेप्से बढ्छ भन्ने आम सेयर लगानीकर्ताको मनोबिज्ञान र बुझाई बिपरित नेप्से निरन्तर घटिरहेको देखिन्छ।
आज सेयर बजारको परिसूचक नेप्से १०.९८ अंक घटेको छ । नेप्से २६७७ अंकमा कायम भएको छ ।लगातार पाँचौं दिन बजार घटेको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ६ अर्ब ९६ करोडको भयो । आज समग्र बजार घट्दा केही कम्पनीको मुल्य सामान्य अकंले बढेको छ।(क्रान्ति)