२०८१ माघ २८ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् । जनकपुरका पत्रकारहरुले सोधेको प्रश्नको उत्तर दिदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपि ओलीले परिवर्तन र संविधाननै खारेज गर्न चाहेको भन्ने भनाईलाई समाचार बनाएका छन् । प्रचण्डले पत्रकार सग भनेका छन ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँलेत आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्रीले त ।’

अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरेका छन । प्रचण्डले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओलीनै भएको बताएको भन्ने भनाईलाई पत्रकारहरुले समाचार बनाएका छन। ‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने । प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत हुन नहुने दाबी समेत गरेको प्रचण्डको भनाई अनलाइन समाचारले प्रकाशित गरेको छ । (क्रान्ति)