२०८१ माघ २८ काठमाडौ । नेपाल प्रहरीले विभिन्न स्थान बाट अवैध लागू औषध सहित १४ जना पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा: बाँके, कोहलपुर नगरपालिका-२ विकासनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम र नगद ४ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय टिकाराम सुनार र जाजरकोट कुसे गाउँपालिका-५ बस्ने २० वर्षीया सपना सिंह ठकुरी रहेका छन् । प्रहरी बिट कौशिलानगर र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले टिकारामको कोठा तलासी गर्ने क्रममा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२ बसपार्क बाइपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३० मिलिग्राम सहित सुर्खेत गुर्भाकोट नगरपालिका-१३ गुमी बस्ने २४ वर्षीय सागर घर्तीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालाय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ नेपालगंज उपमहानगरपाललिका-१४ उदयपुर बस्ने २९ वर्षीय इन्ताज अली शेषले बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले इन्ताजलाई समेत पक्राउ गरेको छ ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ मनकामना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ४ सय ८० मिलिग्राम र नगद २१ हजार ५ सय रूपैयाँ सहित सोही नगरपालिका-२ आनन्दनगर बस्ने २० वर्षीय चित्र बहादुर थापालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर र प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई प्रहरीले शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने ३५ वर्षीय राम विशाल राना र २८ वर्षीय हरि राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-३ शंकरपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय नरेश शाहीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्राम सहित ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय तिलक थापा, २१ वर्षीय मनोज सार्की र सोही नगरपालिका-१ बस्ने २३ वर्षीय नितेस महरा रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गौरीगंगा नगरपालिका-१ चौमला बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २९ वर्षीय खगेन्द्र महरालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौमलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुल्सीपुर उपमहानगरपालिका-१८ हेमन्तपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय देबराज देबकोटालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका-३ झण्डेनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-३ लक्ष्मीनगर बस्ने १९ वर्षीय अब्दजयद्दिन कुरैसीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
झापा, दमक नगरपालिका-६ पुरानो सब्जी लाईनबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० क्याप्सुल र स्पास्पेन ८० क्याप्सुल सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ईलाम चुलाचुली गाउँपालिका-१ घर भई दमक नगरपालिका-५ बस्ने २५ वर्षीय रोहित राई र दमक नगरपालिका-७ बस्ने ३० वर्षीय राजेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-८ बाट ट्रामाडोल ९० क्याप्सुल, स्पास्पेन ७० क्याप्सुल र स्पास्मो ६० क्याप्सुल सहित दमक नगरपालिका-८ बस्ने २५ वर्षीय प्रतिक श्रेष्ठलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी समाचारमा उल्लेख छ । श्रोत: नेपाल प्रहरी समाचार । (क्रान्ति)