२०८१ माघ २६ काठमाडौ । नेपाल प्रहरी कल्याण कोषको मुद्दती निक्षेप लगानी सम्बन्धी सूचना मिति: २०८१ माघ २५ गतेको वेवसाईटमा प्रकाशित गरेको जनाएको छ । उक्त सूचनामा भनिएको छ।
´यस कोषको नाममा हिमालयन बैंक लिमिटेडमा रहेको साधारण तर्फको रकम USD 15,00,000.00 (अमेरिकी डलरः पन्ध्र लाख) मात्र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गका बैंक तथा वित्तिय संस्थामा एक वर्षे मुद्दती निक्षेपमा नविकरण तथा लगानी गर्न इच्छुक भएकोले उक्त बैंक तथा वित्तिय संस्थाहरु बाट आफुले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधी उल्लेख गरी मिति २०८१ फागुन १ गते कार्यालय समय भित्र सिलवन्दी प्रस्ताव बुझाउन आव्हान गरिएको छ । विस्तृत विवरण नेपाल प्रहरीको Website; www.nepalpolice.gov.np मा उपलब्ध रहेको व्यहोरा अनुरोध छ`। (क्रान्ति)