२०८१ माघ २४ काठमाडौं । फेसबुक टिकटक जस्ता सामाजिक सञ्जालमार्फत आतंक फैलाउनेविरुद्ध नेपाल प्रहरीले कारबाही सुरु गरेको जनाएको छ ।
सोही अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही थालेको हो ।
अपराध अनुसन्धान कार्यालयले काठमाडौ उपत्यका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् । उक्त समूहले फेसबुक टिकटकमा लगाएतमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार गरेर समाजमा अशान्ति मच्चाएको प्रहरीले आरोप लगाएको छ । (क्रान्ति)