२०८१ माघ २३ काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्‍जाल तत्काल नेपालमा दर्ता हुन नआए प्रतिबन्ध लगाउने बताएका छन् । सञ्‍चारमन्त्री गुरूङले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल चल्न नदिने चेतावनी दिएको समाचार सार्वजनिक भएको छ ।

सञ्चारमन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नको लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन। सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरुकै स्थर बस्ट माग भएको कारण सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याइएको समाचार छ। सामाजिक संजालमा फेक आईडी खोल्ने र विभिन्न अराजक गतिविधि गर्ने प्रती लक्षित गर्दै अब त्यसको नियन्त्रण गरिने समेत संचार मन्त्रीले बताएको समाचार छन ।

सामाजिक संजाल फेसबुक, इनस्ट्राग्राम, ट्विटर, टिकटक लगाएयतमा एउटै व्यक्तिले सयौंको संख्यामा फेक आईडी खोलेर देसको बेईजेत गर्ने, अश्लील सामाग्री सम्प्रेषण गर्ने, डर, त्रास, धाक, धम्की दिने, देशको राष्ट्रियता माथी आच आउने खालमा सामाग्री सम्प्रेषण गर्ने, जीउँदै मानिसलाई श्रद्धाञ्जली दिने, देशका उच्च ओहोदा मानिस, राष्ट्रपती, प्रधानमन्त्री, मन्त्री, नेत्ताहरु, गाली गर्ने, धम्की दिने जस्ता दुषित फोहोरी गतिविधि क्रियाकलाप गर्ने गराउने गतिविधि नेपालमा संचालित सामाजिक संजालको प्लेटफर्म प्रयोग गरेर हुने गरेको देखिन्छ । (क्रान्ति)