२०८१ माघ २१ काठमाडौ । मानव अधिकार तथा न्याय केन्द्रले आज माघ २१ गते एक प्रेस बिज्ञप्ती जारी गर्दै वरिष्ठ अधिवक्ता: दिनेस त्रिपाठी माथी भएको आक्रमण प्रती खेद व्यक्त गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा भनिएको छ ।
´अदालतमा बहस पैरवीमा भाग लिई बाहिरीने कममा काठमाडौं जिल्ला अदालत परिसर तथा अदालत अगाडि समेत श्रदेय बरिष्ठ अधिवक्ता श्री दिनेश त्रिपाठीज्यूमाथी सामुहिक रुपमा हठात सांघातिक आक्रमण गरियो, त्यसै गरी बहस पैरवीमा कुनैपक्षको प्रतिनिधित्व गरेकै भरमा काठमाडौंबाट ‘आफ्नो गृह जिल्ला धनुषा जांदा मिति २०८१।१०।१२ गतेका दिन ललितपुर बार एशोशिएसनका पूर्व कार्यसमिति सदस्य समेत रहनु भएका अधिवक्ता श्री प्रमोद कुमार रायज्यूमाथि पनि स्थानिय मनोज कुमार चौधरीको अगुवाईमा अनुहार समेत कपडाले छोपेर आएका अवान्छित हुलले हठात आक्रमण गरी अपहरणको शैलीमा लछार पछार गर्दै अज्ञात स्थलमा लैजान खोज्दा स्थानिय महिलाहरुको समुहले हस्तक्षेप गरी निज अधिवक्ता प्रमोद कुमार रायलाई अपहरण हुनबाट जोगाएको भन्ने खवर बाहिरियो। यसरी देशका विभिन्न भागमा मुद्दा मामिलामा बहस पैरवी गरेको वा प्रतिनिधित्व गरेकै आधारमा पछिल्ला दिनमा एकपछि अर्को गरी दिनदहाडै कानून व्यवसायीहरुमाथि सांघातिक आक्रमण हुनु, कुटपिट हुनु लज्जाको विषय तथा कानूनी राज्यको उपहासको विषयहो भने पेशा रोजगार गर्न पाउने सम्बैधानिक मौलिकहक माथिको आक्रमण समेत हो। यस्तो विषयलाई राज्य र सम्बद्ध सबै राजनितिक दल र नागरिक समाजले गंभिरताका साथ लिनु जरुरीछ भने त्यस्ता कार्यमा संलग्न जोसुकै व्यक्ति वा समुहलाई राज्यको सुरक्षा अंग र सम्बद्ध पक्षले कानूनी कारवाहीको दायरामा ल्याइनु पर्दछ । कानून व्यवसायीमात्र नभई जुनसुकै पेशा वा व्यवसायमा लागेका नागरिकहरुले बिना रोकतोक, विना त्रास, विना हिचकिचाहट आफ्नो पेशा व्यबसाय गर्न पाउनु पर्दछ र त्यस्ता नागरिकहरुको सुरक्षाको प्रत्याभुती राज्यका सम्बद्ध अंगहरुले लिनै पर्दछ । माथि उल्लेखित कानून व्यबसायीहरुमाथि आक्रमणगर्ने कतिपय व्यक्तिहरु हालसम्म पनि पकाउ नपरेको प्रति पनि सम्बद्ध सुरक्षा निकायको तदारुखताको लागि ध्यानाकर्षण गर्दै त्यस्ता आकमणहरुमा संलग्न त्यस्ता व्यत्तिहरुलाई यथाशिघ्र पकाउगरी तदारुखताका साथ कानूनी कारवाही चलाउनका लागि जोडदार अपिल गर्दै कानून व्यवसायीहरुमाथि एकपछि अर्को गरी भएका सांघातिक आक्रमणहरुको घोर भत्सर्ना गर्दै खेद व्यक्त गर्दछौं। साथै आगामी दिनमा अदालत प्राङ्गगण तथा दैनिक रुपमा पेशामा सहभागी हुँदाका अवस्थामा कानून व्यवसायीहरुको सबै प्रकारको सुरक्षाको प्रत्याभुती राज्यका सम्वद्ध निकायहरु र सुरक्षा अंगबाट समेत हुनुपर्ने तर्फ पनि विशेष ध्यानाकर्षण गर्दछौं`।।
मानव अधिकार तथा न्याय केन्द्रका अध्यक्ष गणेश गिरीले हस्ताक्षर गरेर जारी गरिएको बिज्ञप्तीमा भनिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथी भएको आक्रमण कानून माथि एकपछि अर्को साँघातिक आक्रमण हो`।
(क्रान्ति)