२०८० फागुन २९ काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी भित्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई विश्वासको मत दिनेबारे दुई मत देखिएको छ । रन्जिता श्रेष्ठ पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड` लाई विश्वासको मत दिन आफ्नो पार्टीको सांसदलाई ‘ह्वीप’ जारी गरेका छन भने अर्कोतिर दामोदर पण्डित पक्षले प्रचण्ड सरकारलाई समर्थन नदिने प्रेस बिज्ञप्ती जारी गरेका छन । नाउपा भित्र प्रचण्ड सरकारलाई समर्थन दिने र नदिने भन्ने बिषयमा विवाद देखिएको छ ।