२०८० फागुन १८ काठमाडौ । एक आपसमा मिलेमतो गरि नक्कली कर बिजक जारी गरी संकलन भएको मु. अ. कर आम्दानीको आय करसमेत राजस्व चुहावट गरेको मुद्दामा सम्मानित उच्च अदालतको फैसलाले १/१ बर्ष कैद र जनही रु १२ करोड १०लाख ३६हजार ५सय तिस (बाह्रकरोड दसलाख छत्तीसहजार पाँचसय तिस ) का दरले जरिवाना हुने ठहर भएकोमा फरार कुमारी गुरुङ्ग र प्रदिप कुमार गुप्तालाई केन्द्रिय अनुसन्धान ब्युरोले २०८० फागुन १६ गते भारतपुर चितवनबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।