२०८० फागुन १६ काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँ निक्षेप जम्मा गरेका राष्ट्र बैंक श्रोतले जनाएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि बैंक तथा वित्तीय संस्थाले उक्त रकम केन्द्रिय बैंकमा राखेका हुन् ।
फागुनबाट केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन सुविधा कार्यान्वयनमा ल्याएको थियो । सोही सुविधाको उपभोग गर्दै बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजदरमै उक्त निक्षेप जम्मा गरेका हुन् ।
स्थायी निक्षेप संकलन सुविधा अन्तर्गत बैंकहरुले राष्ट्र बैंकमा राखे बापत ३ प्रतिसत ब्याज पाउछन् ।
ॠण माग्ने मान्छे नआएपछि, लगानी गर्ने ठाउँ नपाएपछि, अधिक तरलता बढेपछि ३ प्रतिसत ब्याजमै बैंकहरुले केन्द्रिय बैंकमा निक्षेप जम्मा गरेका हुन।