२०८० फागुन १६ काठमाडौं । हिजो प्रभु बैंकको वरिष्ठ डेपुटी सिईओ मनोज न्यौपाने सहित १० जना वरिष्ठ बैंकरहरुलाई कमसल धितो राखेर ॠण प्रवाह गरेको भ्रष्टाचारजन्य कसुर गरेको भन्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकरहरुलाई पक्राउ गरेपछि बैंक तथा वित्तीय संस्थाहरुका ४ वटा संगठनले बैंकरहरुमाथि भएको धरपकडले आफ्नो मनोबल खस्किएको बैंकरहरुको संगठनले प्रेस बिग्यप्ती निकालेका छन । उनिहरुको संगठनले आफ्नो मनोबल खस्किएको भन्दै आपत्ति जनाएका छन। 

आज वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स, डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति निकाल्दै बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भएको धरपक्कड एवं पक्राउले बैंकिङ क्षेत्र चिन्तित र आतंकित बनेको बिज्ञप्तीमा उल्लेख गरेका छन ।