२०८० फा १५ काठमाडौं । दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी नदिएको भन्ने सूचनाको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले किसानले उत्पादन गरेर बिक्री गरेको दुधको भुक्तानी तुरुन्तै दिन निर्देशन दिएका छन् ।

हिजो अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर  किसानको दूधको भुक्तानी तुरुन्तै दिन निर्देशन दिएका प्रधानमन्त्री कार्यलय श्रोतले जनाएको छ ।

अर्कोतिर काभ्रेपलान्चोक चितवनका लगाएतका जिल्लाकस किसानले उत्पादन गरेको दुधको उचित मूल्य नपाएको, दुध बिक्री नभएको भन्दै सडकमा दूध पोखिरहेको दृश्य सामाजिक संजालमा सार्वजनिक भएको बुझिन्छ।