२०८० फागुन १५ काठमाडौं ।फागुन १४ गते लघुबित्त पीडितले संसद भवनमा धावा बोलेर जबर्जस्ती संसद भवन प्रवेश गरेर नारावाजी जुलुस गरेपछी नेपाल प्रहरीले सुरक्षाको कारण देखाउदै सिंहदरबारको आसपास फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । प्रहरीले सिंहदरबार आसपास फुटपाथमा हिँड्न निषेध लेखिएको बोर्ड राखेको छ ।

सिंहदरबार आसपास अहिले फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको छ । नयाँ बानेश्वरको संसद् भवन आसपास पेटीमा हिँड्न रोक लगाइएको छैन, तर समूहमा हिँड्न भने कडाई गरेको प्रहरीले जनाएको छ ।

संसद भवनमा लघुबित्त पीडित जबर्जस्ती प्रवेश गरेपछि सुरक्षाको लागि खटिईएका प्रहरी सुरक्षा दिने कार्यमा असफल भएको भन्दै संसद भवनको सुरक्षाको लागि डिउटीमा खटाईएका प्रहरीलाई फिर्ता बोलाएको प्रहरीले जनाएको छ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]