२०८० फागुन १५ काठमाडौं । सेयर बजार नेप्से सूचक ९.३४ अकंले बढेर २००१.६४ विन्दुमा पुगेको छ । सेयर कारोबार रकम १ अर्ब रुपैयाँ भन्दा बढीको भएको छ । सेयर कारोबार रकम पनि दैनिक गिरावट आएको छ । यति बेला सवैभन्दा धेरै गिरावट बाणिज्य बैंकिङ्ग सेक्टरमा देखिएको छ। बाणिज्य बैंकिङ्ग सेक्टरका बैंकको सेयर भाउ बुक भ्यालु भन्दा तल आएको देखिन्छ ।
सेयर बजार नेप्से ३२०० आसपास पुगेर आजको दिनमा १९९२.३० आईपुगेको छ । यस अवधिमा सेयर लगानीकर्ताले खर्वौ गुमाएका छन । घट्न थालेको दुई बर्ष पार गर्न आटेको छ। ´यतिबेला नेप्से घटने कुनै आधार कारण परिस्थिति नरहेको अनुभवी पुराना धेरै सेयर लगानीकर्ता बताउने गर्छन् ।`
´केही निश्चित ठुला धनाड्य समूहले आफ्नो व्यक्तिगत निहित स्वार्थ फाईदाको लागि बाणिज्य बैंकहरुमा खराव कर्जा बढेको , बाणिज्य बैंक डुब्न् थाले भन्ने भ्रामक झुट मनगढ्न्ते समाचार प्रकासित गर्न लगाएर सेयर लगानीकर्तालाई अत्याएर तर्साएर सेयर बजार नेप्से घटाएको केही लगानीकर्ताको आरोप रहेको छ ।`