२०८० फागुन १० काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्शालले १८ जना प्रहरीहरु बिना जानकारी गैरहाजिरमा रहेको भन्दै सात दिन भित्र स्पष्टीकरण सहित कार्यलयमा उपस्थित हुन सूचना जारी गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्क नभएको भन्दै सार्वजनिक सूचना जारी गर्दै ७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण सहित कार्यलयमा उपस्थित हुन सूचनामा भनिएको छ ।

अन्यथा प्रहरी नियमावाली २०७१ को नियम ११३ को उपनियम को (१) खण्ड (च) को कसुरमा ऎ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम प्रहरी सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी सहितको सूचना जारी गरेको छ ।