२०८० फागुन १० काठमाडौ । केही व्यक्ति तथा समूहले बैंक तथा वित्तीय संस्थाका विषयमा सार्वजनिक रुपले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरिरहेको भन्दै राष्ट्र बैंकका गभर्नरले बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालनको पछिल्लो अवस्थालाई मुल्यांकन गरेर हेर्दा समग्र सवै बैंकिङ क्षेत्र सक्षम र सवल रहेकोे बताएका छन । बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित रुपले निगरानी अनुगमन  गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्णरुपमा सुरक्षित रहेको छ भन्दै सरोकारवालालाई ढुक्कसँग नियमितरुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले विशेष अनुरोध समेत गरेको छ ।

केही व्यक्ति तथा समूहले आफ्नो निहित स्वार्थको लागि बैंक तथा वित्तीय संस्थाका विषयमा दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचार गरिरहेको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक बिशेष सम्बोधन गर्दै भनेका छन । ´नेपालको आर्थिक अवस्था र राष्ट्रीय बाणिज्य बैंकको अवस्था निकै राम्रो हुँदै गईरहेको छ । अहिलेको आर्थिक अवस्था निक्कै राम्रो हुँदै गैईरहेको छ। बाहय क्षेत्रको सुधार र बैंकिङ स्टम भित्र रिकभरी बाहेक अन्य त्यति ठुलो अवस्था नरहेको, राष्ट्रिय बाणिज्य बैंकहरुको कोर क्यापिट दस प्रतिसत माथी छ । एनपिएको लेवल ३.५०% रहेको छ । प्रोफिट केही मात्रमा घटेको जस्तो देखिन्छ त्यो घटीरहेको अधिकाम्स प्रोफिट पोभिजनलको कारण रहेको हो। राष्ट्र बैंकले बैंकिङ स्टमलाई होशियारी पुर्वक हेरेको छ। बैंकमा लिक्युटी तरलता एकदम राम्रो छ । बैंकको रिजर्भ एकदम राम्रो रहेको छ। अधिकाम्स बैंकले अबदेखि १०.२५% मा कर्जा दिनुपर्छ । बाणिज्य बैंकको कर्जा सिङल डिजिट्मा झर्ने देखिदैछ ।` जस्ता भनाइ व्यक्त गरेका छन।