२०८० माघ २९ काठमाडौं । केही गाउँपालिकाले आफुखुसी सार्वजनिक बिदा दिएपछि गृह मन्त्रालले आज एक सूचना प्रकासित गर्दै भोली फागुन १ गते सार्वजनिक विदा नभएको स्पष्ट पारेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त दिन विदा नभएको बताएको हो ।

आज गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले हस्ताक्षर गरेर निकालेको सार्वजनिक सूचनामा सर्वोच्च अदालतको फैसला बमोजिम भोलिको फागुन १ गतेको विदालाई मन्त्रीपरिषद् बैठकले हटाएको जनाइएको छ ।

नेपाल सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे बमोजिम २०८० सालको क्यालेन्डर पात्रोमा फागुन १ गते सार्वजनिक बिदा उल्लेख छ ।

उक्त बिदा खारेजीको माग राख्दै सर्वोच्च अदालतमा परेको रिट माथि बहस पछि सर्वोच्चले अदालतले बदर गरिदिएको हो।