२०८० माघ २६ काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै बजार बाट २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । माघ २८ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने राष्ट्र बैंक श्रोत बाट बुझिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता देखिइएको भन्दै निक्षेप संकलनमार्फत् २५ अर्ब रुपैयाँ खिच्ने सूचना सार्वजनिक गरेको छ ।

साथै ईच्छुक बैंक तथा वित्तीय संस्थाले माघ २८ गते  दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् भन्ने समेत राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग बारम्बार गर्दै आएको छ । केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंक द्वारा जारी सूचनामा उल्लेख रहेको छ ।

“बजार बाट बारम्बार तरलता खिच्दा समेत झन धेरै तरलता बाढेको छ । यस्को मुल कारण ठुला उद्योगी व्यापारीहरु ऋण माग्न नआउनु, बैंकहरुले मनोमानी रुपले व्याजदर वृद्धि गरेको कारण ठुला उद्योगी व्यापारी ऋण लिन डराईएको कारण पैसा जति बैंकमा थुप्रीन पुगेको विश्लेषण हुन थालेको छ ।”