२०८० माघ १९ काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी अरुण चौधरी लगायत लाई बिहीबार पक्राउ गरेपछि प्रेस बिज्ञप्ती जारी गरेर लामो समय अनुसन्धान गरेपछी बाँसबारी जग्गा प्रकरणमा कारबाही थालिएको जनाएको छ ।

आरोपीहरुलाई किर्ते र ठगी सम्बन्धी मुद्दामा कारबाही अघि बढने प्रेस बिज्ञप्तीमा उल्लेख गरिइएको छ ।बाँसबारी छाला जुत्ता कारखानाको जग्गा तत्कालीन सरकारले निर्णय गरेर दिएको आरोपितको दावीलाई प्रहरीको सीआईबीको खण्डन गरेको छ ।

अरुण कुमार चौधरीले बाँसबारी छाला उद्योगको १० रोपनी जग्गा पाओर पैसाको आडमा आफ्नो व्यक्तिगत नाममा नामसारी गरि चाँदबाग स्कुल सञ्चालन गरेको सीआईबीको सुरुवाती ठहर रहेको छ ।

२०४३ सालमा बाँसबारी छाला जुत्ता उद्योगको पच्चीस प्रतिसत सेयर स्वामित्व रहने गरि जग्गा निजीकरण भएको थियो ।

प्रहरीको सीआईबीका जनाए अनुसार च्याम्पियन फुटवेयरको पुँजी पचास लाख रहेको र पचास लाखको पच्चीस प्रतिसत सेयर बाँसबारीले उद्योगले पाउँदा बाह्र लाख पचास हजार मात्र हुन आउँने प्रहरीले दावी गरेको छ। तर, जग्गाको मूल्यांकन भने रोपनीको दुई लाख पचास हजार रुपैयाँका दरले पच्चीस लाख गरिएको समेत सीआईबीको दाबी रहेको छ ।