२०८० माघ १८ काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । ईण्डियन आयल कर्पोरेसन बाट मुल्य बढेर आएपछि नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य वृद्धि सुचि प्रेस बिज्ञप्ती जारी गरेर जानकारी दिएको छ । डिजेल र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ । खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढाएको नेपाल आयल निगमले जनाएको छ ।