२०८० माघ १५ काठमाडौ । माघ १३ गते राप्रपा नेपालको पार्टी कार्यलय चाबहिलमा राप्रपा पार्टीको सिन्धुपाल्चोक सम्पर्क समितीको कार्यक्रममा पार्टी प्रवक्ता ज्ञानेन्द्र साहीले नेपाल कम्युनिस्ट पार्टीको बिप्लव लाई पक्राउ पुर्जी जारी भएको हो कि होईन ? तिनलाई पक्राउ गर्ने कि नगर्ने ? पक्राउ पुर्जी जारी भएको मान्छे प्रधानमन्त्रीसग मिटिङ गर्दै हिडेका छन जस्ता भनाई व्यक्त गरेका थिए ।

ज्ञानेन्द्र साहीको भनाई नेपाल कम्युनिस्ट पार्टी विरुद्ध षड्यन्त्र भएको भन्दै पार्टी अत्यन्तै आक्रोशित भएको पार्टी प्रवाक्ता प्रकाण्ड सी द्वारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ज्ञानेन्द्र साहीको उक्त भनाईलाई तत्काल सच्याउन लगाउन सम्बन्धित पार्टीलाई अनुरोध गरेको छ ।