२०८० माघ १४ काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा माघ १२ गते नेपाल प्रहरी द्वारा विमान स्थलको अध्यागमन बिभागका अधिकृत र कर्मचारी माथी भएको घटना प्रती नेपाल निजामती कर्मचारी संगठनले बिरोध जनाएको छ । निजामती कर्मचारीहरुको विभिन्न संगठनले प्रेस बिज्ञप्ती जारी गर्दै भनेका छन ´त्रिभुवन बिमानस्थलको डिउटीमा खटिएका प्रहरी बाट बिमानस्थलमा कार्यरत निजामती कर्मचारीहरु माथी कुटपिट हातपात गरिनुले कर्मचारीहरु असुरक्षित र आतंकित भएकोले हातपात र कुटपिट गर्ने प्रहरीलाई छानबिन गरेर तुरुन्तै कारबाही गरेर सान्तिपुर्ण रुपले काम गर्न पाउने बाताबरण मिलाउन माग गरेका छन । त्रिभुवन बिमानस्थलको सुरक्षा चेकजाँच नेपाल जनपद प्रहरीलाई नदिई अन्तर्राष्ट्रिय सिमा सुरक्षा हेर्ने निकाय ससस्त्र प्रहरीले गर्नु उपयुक्त हुने सुझाव सहितको बिज्ञप्ती समेत जारी गरेका छन ।`

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डिउटीमा खटिएका नेपाल प्रहरी बाट अध्यागमन बिभागका अधिकृत /कर्मचारी माथी भएको हातपात लाई अमर्यादित, अनुशासनहिन र गैरव्यबासायीक हर्कत भएको कर्मचारी संगठनले प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छन् ।

माघ १२ गते विभिन्न निजामती कर्मचारी संगठनले संयुक्त रुपमा जारी गरिईएको बिज्ञप्तीमा भनिईएको छ: ´अन्तर्राष्ट्रिय सिमा क्षेत्र अन्तरगत पर्ने त्रिभुवन बिमानस्थलको मुख्य प्रवेश गर्ने स्थान, यात्रुहरुको चेकजाँच गर्ने स्थान तथा बाहिर निस्कने स्थानहरूमा चेकजाँच गर्ने कार्य नेपाल प्रहरी बाट हुनेगरेकोमा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सिमा सुरक्षा हेर्ने निकाय मार्फत गर्ने व्यवस्थाको तत्काल कार्यन्वयन गरियोस् ।`

माघ १२ गते नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव डिलाराम खनाल द्वारा जारी बिज्ञप्तीमा भनिईएको छ : ´गृहमन्त्रालयबाट छानबिन गर्न गठित समितिले घटनालाई ढाकछोप गर्न एक थान मात्रै प्रतिवेदन पेश नगरी समग्र घटनाक्रमको सत्यतथ्य एवम् हालसम्म घटेका सवै घटनाको समग्र छानबिन गरि आफ्नो कर्तव्य समेत बिर्सेर घटना लाई ढाकछोप गर्न उद्यत प्रवृत्ति समेतलाई कारबाहीको लागि सिफारिस गर्न जोडदार माग गर्दछौं।`

´कुनैपनि कर्मचारीले गल्ती गरेको देखेमा आफू भन्दा माथिको कमान्डर र माथिल्लो निकायमा मौखिक जानकारी तथा लिखित उजुरी गरेर गल्ति गर्नेलाई आबस्यक कानुनी कारबाही गर्न पाउने अधिकार बिपरित बिमानस्थलमा कार्यरत अधिकृत/ कर्मचारी माथी भौत्तिक रूपमा हातपात, कुटपिट र अमर्यादित व्यबहार गर्नु नेपाल प्रहरीको गम्भीर भुल भएको विमान स्थलमा कार्यरत कर्मचारीहरु बताउछन् ।`